पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाग्लुङ | साउन ३२, २०८०

पहिरोका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध फाइल तस्बिर

बाग्लुङ: पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएका छन् । 

 

लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध पारेको हो ।

 

बुधवार हिजो बेलुकादेखि दुवै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । वर्षा भइरहेका कारण सडक खुलाउन समस्या भएको उहाँले बताउनु भयो । 

 

लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम तथा निसीखोलाको निसी, भल्कोटलगायतका ठाउँबाट बुर्तिबाङ, बाग्लुङ, पोखरा, काठमाण्डौलगायतका ठाउँ पुग्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

 

यस्तै, कालीगण्डकी करिडोरमा चल्ने बाग्लुङ दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका गाडी ठप्प भएको छ । सडक अवरुद्ध भएपछि सामान ढुवानी गर्नसमेत समस्या भएको जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले बताउनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्